निस्दी जीप दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो

नवलपुरको महेन्द्र राजमार्गस्थित अरुणखोलाबाट पाल्पाको रामपुरतर्फ आउँदै गरेको अवस्थामा शुक्रबार फोर्स जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिए ।

मंसिर २७, २०८२

माधब अर्याल

Nisdi jeep accident: Death toll rises to four

What you should know

पाल्पा — पाल्पाको निस्दी गाउँपालिका–४, मित्यालमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

नवलपुर मध्यविन्दु नगरपालिका–१३ का ३४ वर्षीय सुन्दर विकको उपचारका क्रममा पूरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो ।

दुर्घटनामा घटनास्थलमै मृत्यु हुनेहरु निस्दी गाउँपालिका–४, मित्याल ठोक्सिङबासकी ४५ वर्षीया ओम कुमारी खाम्चा र निस्दी गाउँपालिका–७, ज्यामिरे हुवासकी ३६ वर्षीया हेम कुमारी सारु, नवलपुर मध्यविन्दु नगरपालिका–१३ की ३१ वर्षीय बुद्धिमाया विक रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सुन्दर र बुद्धीमाया श्रीमान् श्रीमती हुन् ।

रामपुर–मित्याल–अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी गाउँपालिका–४, मित्याल च्युरीबास नजिकै एकलफोक्सिङ्ग भन्ने स्थानमा लु १ ज ३९०८ नम्बरको जिप दुर्घटना भएको थियो । दुर्घटनामा परी आठ यात्रु घाइते भएका थिए । घाइतेमध्ये १० वर्षीय लविस सुनार र ५ वर्षकी प्रिन्सा सुनार सुन्दर र बुद्धीमायाका छोराछोरी रहेको प्रहरीले जनाएको छ ।

निस्दी गाउँपालिका–४, मित्याल लामेदमारका ७३ वर्षीय नरबहादुर सुनारी ७२ वर्षीय भूमीसरा सुनारी, मित्यालीकै २८ वर्षीय सुनारीको उपचार भइरहेको छ । मिनाकुमारीको पूरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । 

मध्यबिन्दु प्रादेशिक अस्पताल नवलपरासीमा नरबहादुर र भुमिसराको उपचार भइरहेको छ । घाइते भएका निस्दी–४, मित्यालकै ९ वर्षीय नवराज खाम्चा, ५ वर्षीय सालिन खाम्चा उपचारपछि घर फर्किएका छन् ।

नवलपुरको महेन्द्र राजमार्गस्थित अरुणखोलाबाट पाल्पाको रामपुरतर्फ आउँदै गरेको अवस्थामा शुक्रबार फोर्स जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिए । 

सदरमुकाम तानसेनदेखि ७५ किलोमिटर टाढा भएको दुर्घटना कच्ची सडक उकालो भएको र जिपले तान्न नसकेपछि यात्रु ओराल्ने क्रममा जीप व्याक भएर दुर्घटना भएको जानकारी पाएको प्रहरीले जनाएको छ ।

माधब अर्याल

Link copied successfully