कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

व्यापार मेला रोकेको भन्दै बर्दघाट नगरपलिकामा व्यवसायीको धर्ना

नवीन पौडेल

परासी — औद्योगिक व्यापार मेला स्थगित गराएको बिरोधमा पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा उद्योग वाणीज्य संघका सदस्यले धर्ना थालेका छन् । बर्दघाट उद्योग बाणिज्य संघका पदाधिकारी र सदस्यले कालोपट्टी बाँधेर बर्दघाट नगरपालिकाको कार्यालय अगाडि विरोध प्रदशर्नसहित धर्ना बसेका हुन् । 

व्यापार मेला रोकेको भन्दै बर्दघाट नगरपलिकामा व्यवसायीको धर्ना

फागुन १७ गते देखि औद्योगिक व्यापार मेला आयोजना गरेको भएपनि विवाद उत्पन्न भएपछि नगरपालिकाले तत्कालको लागि स्थगित गर्न निर्देशन दिएको थियो ।

यसअघि मेला लगाउनका लागि जिल्ला प्रशासन र नगरपालिकाले संघलाई अनुमति प्रदान गरेको भएपनि एसइइको परीक्षा र कक्षा-८ को परीक्षा नजिकिएको भन्दै सामुदायिक विद्यालयका प्रतिनिधि र स्थानीय व्यवसायीले मेला रोक्न नगरपालिकामा ज्ञापन पत्र बुझाएका थिए । विभिन्न क्षेत्रबाट विरोध आएपछि नगरपालिकाले आफैँले अनुमति दिएको निर्णयबाट पछाडि हटेको थियो ।

‘नगरपालिकाले अनुमति दिएपछि हामीले मेलाको तयारी गर्‍यौँ, लाखौँ रुपैयाँ खर्च भइसकेको छ,' उद्योग वाणीज्य संघ बर्दघाटका अध्यक्ष लेखनाथ न्यौपानेले भने, ‘विभिन्न स्थानमा धमाधम औद्योगिक मेला भइरहेको छ । हामीलाई विवाद उत्पन्न भयो भन्दै मेला रोक्न नगरपालिकाले निर्देशन दियो । आफैँले गरेको निर्णय कार्यान्वयन गर भनेर हामी धर्नामा बसेका हौँ ।’

बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले मेलाले नगरभित्रका बिद्यालयमा चलिरहेको आन्तरिक परीक्षा र एसइईलाई असर पुर्‍याउने गुनासो आएपछि तत्काललाई स्थगित गरिएको बताए । उनले उपयुक्त समयमा मेला संचालन गर्न अनुमति दिन सकिने बताए ।

प्रकाशित : फाल्गुन १८, २०८० १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×