कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

५ महिनापछि लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै

वीरेन्द्र केसी

देउखुरी, दाङ — लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो ३ बस्न लागेको छ । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने तय भएपछि यसअघि बनाइएका कार्यसूची फेरिने भएका छन् । 

५ महिनापछि लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै

दोस्रो प्रदेशसभाको तेस्रो पहिलो अधिवेशनको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएका पत्रहरु पढेर सुनाउने, मन्त्रिपरिषद् हेरफेर भएको सूचना पढेर सुनाउने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए ।

संसदीय दलको तर्फबाट शुभकामना दिने सम्भावित कार्यसूची रहेको उनले बताए । कार्य व्यवस्था परामर्श समितिको बैठक ११ बजेतिर बस्ने र त्यसले अन्तिम रुप दिने उनले बताए । लुम्बिनी प्रदेशसभाको बैठक गत भदौ २६ गतेदेखि बस्न सकेको थिएन ।


प्रकाशित : फाल्गुन १८, २०८० ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×