कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ 

कमल पन्थी

बर्दिया — जबरजस्ती करणी मुद्दामा अदालतबाट १३ वर्षको कैद र ५ हजार जरिवाना तोकिएका एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले बासगढी नगरपालिकाका १७ वर्षीय एक किशोरलाई पक्राउ गरेको हो ।

उनीविरुद्ध सो नगरपालिकाकी एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उच्च अदालत तुलसीपुरको नेपालगन्ज बेञ्चले गत असार ३ गते १३ वर्ष कैद, ५ हजार जरिवाना र ५० हजार रुपैयाँ क्षतिपुर्ति हुने सजाय सुनाएको थियो ।

किशोरलाई पक्राउ गरी कारबाहीका लागि जिल्ला अदालत बर्दियामा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए ।

अदालतले किशोरलाई बाल सुधार गृह नेपालगञ्ज पठाएको छ ।

प्रकाशित : फाल्गुन ११, २०८० १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×