कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

स्वर्गद्वारी गुठीका मोही किसानद्वारा हलोजुवा र लालपूर्जासहित प्रदर्शन

आश्रमको १०३४ बिघा १७ कट्ठा ७ धुर जग्गामध्ये ७५३ बिघा जग्गामा मोही कायम रहेको स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताए ।
दुर्गालाल केसी

दाङ — स्वर्गद्वारी गुठीका मोही किसानहरुले मंगलबार घोराहीमा हलोजुवा र लालपूर्जासहित प्रदर्शन गरेका छन् । लामो समयसम्म पनि न्याय नपाएको भन्दै मोही किसानहरु मोही कायम भएको लालपूर्जा बोकेर आन्दोलित भएका हुन् ।

स्वर्गद्वारी गुठीका मोही किसानद्वारा हलोजुवा र लालपूर्जासहित प्रदर्शन

तीन पुस्तादेखि जग्गा जोत्दै आएको र मोही हक समेत कायम रहेको प्रमाणपूर्जा हुादा पनि हालसम्म अधिकार नपाएको भन्दै उनीहरु सडक प्रदर्शनमा उत्रिएका हुन् ।

कानूनी जटिलताका कारण नेपालको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गुठी स्वर्गद्वारी आश्रमको जग्गामा द्वैध स्वामित्व कायम रहेको छ । एकातिर सर्बोच्च अदालतले स्वर्गद्वारी गुठी बिशेष प्रकृतीको निजी गुठी भएका कारण आश्रमको जग्गा खण्डिकरण गर्न नमिल्ने आदेश गरेको छ भने अर्कोतिर मोही किसान जग्गाधनी प्रमाण बोकेर न्याय मागिरहेका छन् ।

आश्रमको १०३४ बिघा १७ कट्ठा ७ धुर जग्गामध्ये ७५३ बिघा जग्गामा मोही कायम रहेको स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताए । सुरुमा २ सय ८९ घरपरिवार मोही किसान रहेकोमा अहिले नयाा घर टुक्रदै जाँदा ३ हजार ५ घरधुरी पुगेको उनले जानकारी दिए । जसमा १५ हजार बढी सदस्यहरु आश्रित रहेको उनले बताए ।

२०६२ चैत १४ गते सर्वोच्च अदालतले स्वर्गद्वारी गुठी विशेष प्रकृतिको निजी गुठी भएको ठहर गर्दै आश्रमको स्वायत्ततामा आँच पुग्ने गरी आश्रमको नाममा दर्ता भएको जग्गा कुनै पनि किसिमले खण्डित र हिनामिना हुन नदिनू भनी परमादेश जारी गरेपछि मोही किसान जग्गाको अधिकार पाउनबाट बञ्चित भएका हुन् ।

न्यायाधीश रामप्रसाद श्रेष्ठ र दामोदरप्रसाद शर्माको इजलासले स्वर्गद्वारी आश्रमका महाप्रभु हंशानन्द गिरीको झोलीको पैंसाबाट खरिद गरिएको जग्गामा यज्ञको होमादी कार्य खण्डित हुन नदिन कुनै हस्तक्षेप नगर्नु नगराउनु भन्ने आदेश गरेको थियो ।

स्वर्गद्वारी आश्रमका विषयमा सर्वोच्च अदालतबाट फैसला समेत भएकाले सबै गुठीलाई एउटै नजरले नहेरी गुठी विधेयकमा स्वर्गद्वारी गुठीलाई विशेष प्रकृतिको निजी गुठीका रुपमा उल्लेख गर्नुपर्ने मोही किसानको माग छ । विरोधका कारण रोकिएको विधेयकमा स्वर्गद्वारी गुठीको जग्गामा मोहीयानी हक स्थापित गर्नुपर्ने र सोही बमोजिम जग्गा बाँडफाँट हुनुपर्ने संघर्ष समितिका अध्यक्ष चौधरीले बताए ।

लामो समयसम्म माग गर्दा पनि सुनुवाई नभएपछि सडक संघर्षमा उत्रिएको संघर्ष समितिका सचिव भरतराज गिरीले बताए । फाल्गुन ९ देखि ११ गतेसम्म जिल्ला प्रशासन र मालपोत कार्यालयमा २४ घण्टे धर्ना दिने कार्यक्रम रहेको उनले जानकारी दिए ।

यसैगरी फागुन १३ देखि १५ गतेसम्म र्‍यालीसहित दाङका सबै राजनीतिक पार्टीका कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको बिहीबार घोराहीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । फागुन २० देखि २२ गतेसम्म लुम्बिनी प्रदेशसभामा र्‍यालीसहित धर्ना तथा पूर्व पश्चिम राजमार्गमा सुतेर दुईघण्टा बन्द गर्ने कार्यक्रम तय गरेको गिरीले जानकारी दिए ।

फागुन २७ र २८ गते घोराहीमा देशभरका गुठीपीडित किसानहरुको सम्मेलन गरी दाङ गुठीपीडित घोषणापत्र जारी गर्ने निर्णय भएको संघर्ष समितिका सहसचिव प्रविण चौधरीले बताए । चैत १ देखि दाङ बन्द या काठमाडौं केन्द्रित आन्दोलन गर्ने तयारी भएको उनले जानकारी दिए ।

प्रकाशित : फाल्गुन ८, २०८० २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×