कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

बुटवलमा एक लाख राशीको लोक नृत्य प्रतियोगिता

सन्जु पौडेल

तिलोत्तमा — बुटवलमा एक लाख रुपैयाँ पुरस्कार राशीको लोक नृत्य प्रतियोगिता हुने भएको छ । बुटवल उपमहानगरपालिकाको ६५ औं स्थापना दिवसको अवसरमा फागुन १ र २ गते अन्तर विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता गर्न लागेको हो ।

बुटवलमा एक लाख राशीको लोक नृत्य प्रतियोगिता

समाजको सांस्कृतिक सम्पत्तिकोरुपमा रहेका लोक संस्कृतिलाई जगेर्ना गर्न र अहिलेका पिंढीलाई लोक संस्कृतिको जानकारी दिन लोकनृत्य प्रतियोगिता गर्न लागिएको उपमहानगरपालिका-१३ का अध्यक्ष नारायण पुनले बताए ।

उनका अनुसार प्रतियोगितामा एउटा विद्यालयबाट एक समुहले मात्र भाग लिन पाउनेछन् । उपमहानगर भित्रका ४४ विद्यालयले सहभागिता जनाउँदैछन् ।

प्रतियोगितामा विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार पाउने वडाध्यक्ष पुनले जानकारी दिए । त्यस्तै, द्वितीय हुनेले ६० हजार र तृतीय हुनेले २५ हजार रुपैयाँ पाउनेछन् ।

प्रकाशित : माघ २९, २०८० १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×