कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

लुम्बिनीमा राष्ट्रिय सभा निर्वाचनको तयारी अन्तिम चरणमा   

वीरेन्द्र केसी

दाङ — लुम्बिनी प्रदेशको राष्ट्रिय सभा निर्वाचनको लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा दुईवटा मतदान केन्द्र राखिएको छ । बिहीबार हुने चुनावका लागि तयारी अन्तिम चरणमा पुगेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । 

लुम्बिनीमा राष्ट्रिय सभा निर्वाचनको तयारी अन्तिम चरणमा   

मतदान केन्द्र ‘क’ मा लुम्बिनी प्रदेश सभाका ८७ जना सदस्यले र ‘ख’ केन्द्रमा लुम्बिनीका १२ जिल्लाका १ सय ९ स्थानीय तह नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष गरी २ सय १८ जनालाई मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए ।

निर्वाचनमा प्रदेश सभा सदस्यका लागि सेतो रंगको कागजमा हरियो रंगको मसीको विवरणसहित निर्वाचन चिह्नको मतपत्र, नगर तथा गाउँपालिकाको लागि सेतो रंगको कागजमा रातो रंगको मसीको विवरण र निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ । अपांगको हकमा लाइन लाग्नुपर्ने छैन । मतदान केन्द्रमा बिहीबार बिहान ११ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

निर्वाचनका लागि सबै सुरक्षा व्यवस्था मिलाइएको छ । कर्मचारीको जिम्मेवारी तोक्ने काम, व्यवस्थापन, निर्वाचन सामग्रीको काम सकिएको र अहिले मतदानस्थल निर्माण भइरहेको उनले बताए ।

दुईवटा मतदान केन्द्रमा १०/१० जना कर्मचारी खटिनेछन् । एउटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कर्मचारी सहयोगी गरी १० जना हुनेछन् । मतपत्र, मतदाता नामावली, ब्यालेट बक्स लगायतका सामाग्रीको व्यवस्थापन भैसकेको छ ।

लुम्बिनी प्रदेशका २ सिटका लागि ६ जनाको उम्मेदवारी परेको छ । महिला र अन्य गरी दुई सिटमा निर्वाचन हुनेछ ।

सत्ता गठबन्धनबाट माओवादीले अन्यमा रोल्पाका झक्कुप्रसाद सुवेदी र कांग्रेसले महिला क्लस्टरमा गुल्मीकी विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाएको छ ।

प्रतिपक्ष दल एमालेले महिलातर्फ दाङकी तुलसाकुमारी केसी र अन्य क्लष्टरतर्फ पाल्पाका झपेन्द्रबहादुर घर्ती क्षेत्रीलाई उम्मेदवार बनाएको छ । त्यस्तै राप्रपाले महिलातर्फमा कपिलवस्तुकी विजया लक्ष्मीसिंह र अन्यमा रुपन्देहीका निरञ्जन थापा उम्मेदवार छन् । जनमत पार्टीले अन्यमा नवलपरासीका बालगोविन्द चौधरीलाई उम्मेदवार बनाएको छ ।


प्रकाशित : माघ १०, २०८० १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×