कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

कुकुर मारेको निहुँमा बाबुको हत्या

नारायण शर्मा

नवलपरासी पूर्व — घरमा पालेको कुकुरलाई हिर्काएर मारेको भन्दै एक युवकले आफनै बाबुको हत्या गरेका छन् । कुकुरलाई हिर्काएको विषयमा कावासोतीका बाबु प्रेम कुमाल र छोरा निराजनबीच झगडा भएको थियो ।

बुधबार बिहान सवा ११ बजे कावासोती नगरपालिका वडा नम्बर ५ ठकुरीचोकमा बुबा-छोराबीच झगडा भएपछि छोराले ढुंगा प्रहार गर्दा बुवा ४३ वर्षीय प्रेम कुमालको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख बेद पौडेलका अनुसार घरमा पालेको कुकुरलाई बाबु प्रेमले पिटेको विषयमा प्रेम र उनका १८ वर्षीय छोरा निराजनबीच झगडा भएको थियो ।

प्रेमको कुटाइबाट घरमा पालेको कुकुरको मृत्यु भएको थियो । ढुंगाले टाउकोमा हिर्काउँदा प्रेमको घटनास्थलमै मृत्यु भएको थियो । निराजनलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित : श्रावण २, २०८१ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा घुमाउरो तरिकाबाट सांसदको तजबिजमा खर्च गर्न पाउनेगरी बजेट बाँड्ने तयारीबारे तपाईंको राय के छ ?

×