कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

ताप्लेजुङमा लाखे जात्राको रौनक [तस्बिरहरु]

आनन्द गौतम

ताप्लेजुङ — हरेक वर्षको रक्षा बन्धन जनै पूर्णिमाबाट सुरु हुने लाखे जात्रा पर्व श्रीकृष्ण जन्माष्टमिको भोलिपल्ट सकिन्छ । तिथिअनुसार नवमीको दिन सकिने यो पर्व सदरमुकाम फुङलिङ चलायमान हुने गरेको छ ।

नेपाल भाषा तथा सांस्कृतिक समाजले हरेक दिन लाखे निकाल्छ । गाईजात्राको दिन वर्षभरिमा मृत्यु भएका नेवार समुदायका एक जनाको ख्याग निकालिन्छ । यो वर्षदेखि ठ्याकठ्याके नाच पनि प्रस्तुत गर्न थालिएको छ । त्यसको भोलिपल्ट रोपाइँ जात्रा हुन्छ । गाउँमा धान रोपाइँ सकेर सहर पसेकाहरुले त्यसैको झल्को लिने गरी रोपाइँ जात्रा हुने गरेको हो ।

यो अवधिमा फुङलिङ नगरपालिकासग अनुमति लिएको वीरेन्द्र चोक युवा क्लबले बिङगो खेलाउने गरेको छ । हरेक घरको बाहिर छाता राखेर खाद्य परिकार राखिन्छ । कृष्ण र कंशको लिला प्रदर्शनसँगै जात्राको समापन हुने गरेको छ । किरात याक्थुङ चुम्लुङले धान नाच र च्याब्रुङ नाच प्रस्तुत गर्छन् । पाहुनालाई बोलाएरै यो नाच देखाउने गरिएको छ ।

प्रकाशित : भाद्र ११, २०८१ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्