कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

नेकपा (एस)को उपाध्यक्षसहित १७ पदाधिकारी पदमा ६७ को उम्मेदवारी [सूची]

भाद्र ११, २०८१
नेकपा (एस)को उपाध्यक्षसहित १७ पदाधिकारी पदमा ६७ को उम्मेदवारी [सूची]

Highlights

  • १ सय ५ पोलिटब्युरो सदस्यका लागि २ सय ४ जनाको उम्मेदवारी

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) को उपाध्यक्ष, उपमहासचिव र सचिवका लागि ६७ को नेता प्रतिस्पर्धामा उत्रिएका छन् ।

केन्द्रीय सदस्यको मतदानबाट चयन हुन बाँकी पदाधिकारीको चयन हुँदैछ । अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल चयन भइसहेका छन् । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे छानिएका छन् । अन्य पदाधिकारीमा सर्वसम्मत नभएपछि निर्वाचन भएको हो ।

असार तेस्रो साता महाधिवेशन भए पनि आकांक्षीहरु धेरै भएका कारण पदाधिकारी चयन हुन सकेको थिएन । समाजवादकिा अनुसार महिला उपाध्यक्षमा जयन्ती राई र रामकुमारी झाँक्रीबीच प्रतिस्पर्धा भएको छ । उपाध्यक्ष (मधेशी समुदाय) मा धर्मनाथप्रसाद शाह र रामचन्द्र झाको प्रतिस्पर्धा हुँदैछ ।

त्यस्तै चार जना उपाध्यक्ष (खुल्ला) पदमा ललितबहादुर बस्नेत क्षेत्री, गंगालाल तुलाधर, भानुभक्त जोशी, उर्वादत्त पन्त, साध्यबहादुर भण्डारी, प्रकाश ज्वाला, विजयकुमार पौडेल, केशवलाल श्रेष्ठ, विरोध खतिवडा, जगन्नाथ खतिवडा र बलराम प्रसाद बास्कोटा प्रतिस्पर्धामा छन् । चार पद रहेको उपमहासचिवमा लक्ष्मण के.सी., रामचन्द्र यादव, रामकुमार भट्टराई उम्मेदवारी दिएका छन् ।

त्यस्तै महेश रेग्मी, देउमान सम्वाहाङ्फे, नागेन्द्रप्रसाद चौधरी, मेटमणि चौधरी, अम्मरबहादुर थापा, राजेन्द्रकुमार राई, लक्ष्मण पौडेल, शत्रुधन महतो, गरिमा शाह, हरिप्रसाद पराजुली, श्रीप्रसाद साह, जीवनराम श्रेष्ठ, मीना ज्ञवाली (नेपाल), भविसोर पराजुली, गोमा विष्ट र भवानी खड्काबीच प्रतिस्पर्धा भएको छ ।
त्यस्तै एक सिट रहेको दलित समुदाय सचिवमा निरादेवी जैरु, गणेशबहादुर विश्वकर्मा र कृष्णबहादुर नेपालीले उम्मेदवारी दिएका छन् । एक सिट भएको सचिव (आदिवासी जनजाती समुदाय) बलदेव चौधरी, राजन राई र टोकबहादुर तामाङ (वाइबा) को उम्मेदवारी परेको छ ।

सचिव खुलाको पाँच पदमा २७ को उम्मेदवारी परेको छ । जसमा श्रीनाथ बराल, प्रेमलकुमार खनाल, कृष्णप्रसाद शर्मा खनाल, घनप्रसाद गौतम, धर्मराज पौडेल, डा. वंशीधर मिश्र, धर्मराज निरौला, शेरबहादुर कुँगर, राजेन्द्रमान श्रेष्ठ, दामोदर अर्याल, शिवप्रसाद भण्डारी, चन्द्रबहादुर शाही, रामेश्वर श्रेष्ठ, सोमप्रसाद पाण्डेय, भाष्कर काफ्ले, सावित्राकुमारी भूसाल, दिलकुमारी पन्त (दिलु), नरेशकुमार शाही, सुधिरप्रसाद शाह, दिर्घबहादुर सोडारी, केशवकुमार विष्ट, शेरबहादुर केसी, धनराज आचार्य, रत्नेश्वर गोइत यादव, हस्तबहादुर शाही, गुरुप्रसाद बुर्लाकोटी र विदुरप्रसाद सापकोटा प्रतिस्पर्धामा रहेका छन् ।

त्यस्तै १ सय ५ पोलिटब्युरो सदस्यका लागि २ सय ४ जनाले उम्मेदवारी दिएको समाजवादीले जनाएको छ ।

प्रकाशित : भाद्र ११, २०८१ १९:००
x
×