कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९१

बागलुङमा देखाइयो परम्परागत हनुमान नाच [तस्बिरहरू]

भाद्र ११, २०८१
बागलुङमा देखाइयो परम्परागत हनुमान नाच [तस्बिरहरू]

बागलुङ — झन्डै साढे तीन सय वर्ष पुरानो मानिएको हनुमान नाच बागलुङमा प्रदर्शन गरिएको छ । वि.सं. १७४० मा बागलुङ आएका उपत्यकाका नेवार समुदायले यो नाच बागलुङ भित्र्याएको बताइन्छ ।

हनुमानको जस्तो भेषमा सजिएर बाजाको तालमा नाचिने भएकाले यसलाई हनुमान नाचको नाम दिइएको इतिहासविद्हरू बताउँछन् ।

१६ देखि ४० वर्ष समूहका व्यक्तिलाई हनुमान बनाइने र त्यसपूर्व सात दिनसम्म उनीहरू ब्रह्मचर्य नियममा बस्नुपर्ने नियम बाँधिएको छ । त्यसैले यसले अनुशासनमा राख्ने विश्वास छ । रामायण कथामा आधारित नाच भएकाले हिन्दुधर्म मान्ने सबैले यो संस्कृति संरक्षणमा भाग लिन्छन् । २०४६ सालदेखि हनुमान नाच संरक्षण परिषद् गठन भएको छ ।

ध्योला तालमा नाच्नका लागि मृदंगा बाजा, धिमे र झ्याली बजाउनका लागि कलाकारहरू आवश्यक पर्छ । त्यस्ता कलाकारलाई अगुवाइ गर्ने प्रधान ‘कजी’ रहने व्यवस्था छ । मुख्य संचालकका रूपमा चिनिने प्रधान कजीले नाचको संयोजन गर्छन् । भजन मण्डलीको व्यवस्था गर्न अन्य सहायक कजीको पनि व्यवस्था गरिनुपर्छ । एकैपटकमा ५० देखि ६० जना जुटेपछि मात्र यो नाच देखाउन मिल्छ ।

प्रकाशित : भाद्र ११, २०८१ १७:५९
x
×