कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०६

दूधपोखरीको लेकमा चट्याङ लागेर १० वटा भैंसी मरे

भाद्र २८, २०८१
दूधपोखरीको लेकमा चट्याङ लागेर १० वटा भैंसी मरे

लमजुङ — लमजुङको दूधपोखरी र दोर्दी गाउँपालिकाको सीमा क्षेत्र लिपे लेकको डाँडामा चट्याङ पर्दा १० वटा भैंसी मरेको छ ।

दूधपोखरी गाउँपालिका-३, फुलिङ्गिरीका आइतमान तामाङले पालेको ३० वटा भैंसीमध्ये केही गर्भिणीसहित ९ वटा भैंसी र एउटा पाडा मरेको प्रहरीले शुक्रबार पुष्टि गरेको छ ।

दूधपोखरी गाउँपालिका नायव पशु सेवा प्राविधिक दिनेश गुरुङका अनुसार बुधबार राति ८–९ बजेतिर परेको चट्याङका कारण पञ्चेमणि घुम्ती भैंसी गोठका भैंसी मरेका हुन् । गोठाला तामाङले बिहीबार दिउँसो २ बजेतिर घटनाबारे जानकारी गराएको र त्यसपछि प्रहरीमा जानकारी गराएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईंले घटनाबारे बिहीबार दिउँसो ३ बजेतिर जानकारी आएको र प्रहरी चौकी गौंडाबाट शुक्रबार प्रहरी खटाएर मुचुल्का उठाइएको बताए । प्रहरी चौकी रहेको गौंडाबाट उक्त लेकमा पुग्न हिँडेर ५ घण्टा बढी लाग्ने भएकाले शुक्रबारमात्रै प्रहरी पठाएर मुचुल्का गरिएको उनले बताए ।

गोठमा ३० वटा भैंसी रहेको र चट्याङका कारण १० वटा भैंसी मरेको देखिएको उनले बताए । चट्याङका कारण भैंसी मर्दा ४ लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र २८, २०८१ १४:५८
×