कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

नवलपुरमा जिल्ला हुलाक कार्यालय स्थापना

भाद्र २८, २०८१
नवलपुरमा जिल्ला हुलाक कार्यालय स्थापना

नवलपुर — पूर्वी नवलपरासीमा जिल्ला हुलाक कार्यालय स्थापना भएको छ । संघीयता कार्यान्वयनसँगै साविकको नवलपरासी जिल्ला लुम्बिनी र गण्डकी प्रदेशमा विभाजित भएपछि नवलपुरमा जिल्ला हुलाक कार्यालय थिएन ।

गण्डकी प्रदेशको नवलपुर क्षेत्रको काम पनि लुम्बिनी प्रदेश अर्न्तगत पर्ने पश्चिम नवलपरासीको परासीस्थित कार्यालयबाट हुँदै आएको थियो ।

जिल्ला हुलाक कार्यालय नहुँदा पत्रपत्रिकाको नवीकरण, लोककल्याणकारी विज्ञापनको भुक्तानी, एफ.एम रेडियोको नवीकरण लगायतको काममा परासी जानुपर्ने बाध्यता थियो । कावासोतीमा रहेको हुलाक कार्यालयलाई नै जिल्ला हुलाक कार्यालयमा रुपान्तरण गरेर कामकाज सुरु गरिएको जिल्ला हुलाक कार्यालय कावासोतीका निमित्त प्रमुख केश बहादुर खण्डलुले बताए ।

कार्यालय स्थापनासँगै जिल्लाको ८ वटै पालिकामा पालिकास्तरीय हुलाक कार्यालय पनि स्थापना भएका छन् । कार्यालय स्थापना भएपछि विशेष गरेर जिल्लाका संचार माध्यमको नवीकरण लगाएतका कामका लागि अर्को प्रदेश जानुपर्ने बाध्यता हटेको पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले बताए ।

प्रकाशित : भाद्र २८, २०८१ १४:१३
×