कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

खोटाङमा पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुल्यो

भाद्र ११, २०८१
खोटाङमा पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुल्यो

खोटाङ — पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलेको छ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले र ७ महादेवस्थानको बीच नागी नजिक तुवाचुङडाँडाबाट झरेको पहिरोले अवरुद्ध सडक मंगलबार ५ बजे खुलेको हो । 

हलेसी तुवाचुङ–७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीका अनुसार मंगलबार बिहान ३ बजेतिर झरेको पहिरो पन्छाउन तीन वटा डोजर प्रयोग गरिएको थियो । ‘सडक विभाग, मध्यपहाडी लोकमार्ग र हलेसी तुवाचुङ नगरपालिकाको तीन वटा डोजरले दोहोरो गाडी चल्ने बनाउन दिनभरिजस्तो लाग्यो,’ गिरीले भने, ‘दिउँसो १ बजेतिर एकतर्फी खुलाइएको थियो ।’

उक्त ठाउँमा करिब ७०–७५ मिटरमाथिबाट झरेको पहिरोले करिब ५० मिटर सडक पुरेको गिरीले बताए ।

प्रकाशित : भाद्र ११, २०८१ १७:५७
x
×