कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

३ मन्त्री र १ राज्यमन्त्रीसहित कोशी सरकारमा सहभागी हुँदै कांग्रेस

भाद्र २८, २०८१
३ मन्त्री र १ राज्यमन्त्रीसहित कोशी सरकारमा सहभागी हुँदै कांग्रेस

विराटनगर — कोशी प्रदेश सरकारमा तीन मन्त्री र एक राज्यमन्त्रीसहित शुक्रबार कांग्रेस सरकारमा सहभागी हुने भएको छ ।

केन्द्रीय सत्ता समीकरण बदलिएपछि एमालेसँग सत्ता साझेदार गरेको माओवादी केन्द्रका मन्त्रीहरूले गत राउनमा १२ मा राजीनामा दिएका थिए । माओवादीले सत्ता छाडेको करिब डेढ महिनापछि बल्ल कांग्रेस सरकारमा सामेल भएको हो ।

कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले शेखर कोइराला समूहबिनै मन्त्रीले शुक्रबार बिहान साढे ९ बजे शपथ लिँदै छन् । शेखर समूहले दुई मन्त्रीको माग गरेको थियो । तर, दुई उसलाई दुई मन्त्री दिन मन्त्रालय नै फुटाउनु पर्ने अवस्थाका कारण शेखर समूहबिनै मन्त्री पठाउने निष्कर्षमा कांग्रेस पुगेको हो ।

कांग्रेसबाट कोशी प्रदेशका महामन्त्री समेत रहेका प्रदेश सांसद भुपेन्द्र राईको नेतृत्वमा सरकारमा सहभागी हुने जनाइएको छ । राई सिटौला समूहका हुन् ।

राईले भौतिक पूर्वाधार मन्त्रालय, संस्थापन पक्षका खगेनसिंह हाङ्गाम उद्योग, कृषि तथा सहकारी र सुनसरीका सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री बन्ने निश्चित छ । कांग्रेसभित्र सिटौला समूहबाट झापाका भूमिप्रसाद राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बन्ने निश्चित भएको छ ।

प्रकाशित : भाद्र २८, २०८१ ०९:१७
×