कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

कोशी प्रदेशको मन्त्रिमण्डल विस्तार

भाद्र २८, २०८१
कोशी प्रदेशको मन्त्रिमण्डल विस्तार

Highlights

  • कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री थपिए

मोरङ — कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले विसं २०८१ वैशाख २७ र  जेठ ४ गते गठित मन्त्रिपरिषद्‌मा तीन मन्त्री र एक राज्यमन्त्री थप गरी शुक्रबार मन्त्रिमण्डल विस्तार गरेका हुन् । 

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथग्रहण गराएका छन् ।

प्रदेश प्रमुख खापुङले भौतिक पूर्वाधार विकासमन्त्रीमा भूपेन्द्र राई, उद्योग, कृषि तथा सहकारीमन्त्रीमा खगेनसिंह हाङगाम र पर्यटन, वन तथा वातावरणमन्त्रीमा सदानन्द मण्डललाई शपथग्रहण गराएका छन् ।

यसैगरी मुख्यमन्त्री कार्कीले भौतिक, पूर्वाधार विकास राज्यमन्त्रीमा भुमिप्रसाद राजवंशीलाई पद तथा गोपनियताको शपथग्रहण गराए ।

शपथग्रहण समारोहमा कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट, प्रदेशका विभिन्न मन्त्रालयका मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न मन्त्रालयका सचिव, राजनीतिक दलका कार्यकर्तालगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : भाद्र २८, २०८१ १५:५४
×