कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

कृषि एक्स्पो : जुम्लाको मार्सीदेखि इलामको किवीसम्म बिक्रीमा

भाद्र २७, २०८१
कृषि एक्स्पो : जुम्लाको मार्सीदेखि इलामको किवीसम्म बिक्रीमा

विराटनगर — नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा बिहीबारदेखि मोरङको कटहरीमा कृषि एक्स्पो आरम्भ भएको छ ।

चार दिने एक्स्पोको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र संघीय सरकारका कृषि तथा पशुपन्क्षी विकास मन्त्री रामनाथ अधिकारीले संयुक्त रुपमा गरे । संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषिको व्यावसायीकरणमा जोड दिए । उनले लगानी दशक र कृषि दशकलाई एकसाथ अघि बढाई निजी क्षेत्रलाई कृषि उद्यममा जोड्न सरकार अग्रसर बनेको दावी गरे ।

मुख्यमन्त्री कार्कीले कृषिमा लगानीको सुनिश्चिता र आधुनिकीकरणका लागि प्रवर्द्धन कार्यक्रमहरु महत्वपूर्ण सावित हुने बताए। महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले निर्वाहमुखी कृषिलाई आधुनिकीकरण गरी किसान र उद्यमीलाई हातेमालो गराउने उद्देश्य राखेर एक्स्पो आयोजना गरिएको जनाए ।

महासंघका उपाध्यक्ष हेमराज ढकाल, महासंघीकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्की, सहज परियोजनाकी टिम लिडर रिमा श्रेष्ठलगायतले सार्वजनिक र निजी क्षेत्रबीचको समन्वयले आर्थिक विकासका लागि कोसेढुंगा सावित हुने बताए ।

आइतबारसम्म चल्ने एक्स्पोमा नेपाल र भारतका १ सय ३० वटा स्टल छन् । जुम्लाको मार्सी चामलदेखि इलामको किबीको जुस सम्म प्रदर्शनीमा राखिएको छ । नेपाल र भारतका १५ जना कृषि विज्ञहरूले एक्स्पोमा प्रयत्क्ष सहभागिता जनाएका छन् ।

प्रकाशित : भाद्र २७, २०८१ २०:३२
×