कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

अवैध लागूऔषधसहित एक जना पक्राउ

भाद्र २८, २०८१
अवैध लागूऔषधसहित एक जना पक्राउ

सुनसरी — अवैध लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले धरान उपमहानगरपालिका-१० मा डेरा गरी बस्ने सोही उपमहानगरपालिका-५ घर भएका ३१ वर्षीय शम्भु काफ्लेलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम ४ सय १० मिलिग्राम र नगद ४७ हजार रूपैयाँसहित शुक्रबार बिहान पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : भाद्र २८, २०८१ १५:४७
×