कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

आँबुखैरेनी–मुग्लिन सडक सोमबार साढे ३ घण्टा बन्द हुने

भाद्र ९, २०८१
आँबुखैरेनी–मुग्लिन सडक सोमबार साढे ३ घण्टा बन्द हुने

गोरखा — तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहाराबाट शुक्रबार मर्स्याङ्दी नदीमा खसेको बस निकाल्न सोमबार (भोलि) बिहान साढे ३ घन्टा आँबुखैरेनी–मुग्लिन सडक बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार सूचना प्रकाशित गर्दै सोमबार ६:३० बाट १० बजेसम्म उक्त मार्ग भएर चल्ने सवारी पूर्ण रुपमा बन्द हुने जानकारी गराएको हो । उक्त सडक भएर यात्रा गर्ने यात्रु र यातायात व्यवसायीलाई सो समयमा वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ । दुर्घटनाग्रस्त बस निकाल्नका लागि ठूलो मेसिनरी उपकरण प्रयोग गर्नुपर्ने भएकाले सवारी आवागमन बन्द गर्नुपरेको सूचनामा उल्लेख छ ।

शुक्रबार पोखराबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बर प्लेटको यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेर दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १६ जना घाइते बनेका थिए ।


प्रकाशित : भाद्र ९, २०८१ २१:५४
x
×