कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

एकै दिन १७ जना फरार प्रतिवादी पक्राउ

भाद्र ११, २०८१

परासी — पश्चिम नवलपरासी प्रहरीले एकै दिन १७ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ  । अदालतबाट मुद्दाको फैसला भएर कैद भुक्तान गर्न बाँकी रहेका अभियुक्त मंगलबार पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी रेशम बोहराका अनुसार जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइले अभियान नै चलाएर फरार अभियुक्त समातेको हो । पक्राउ परेकाहरुलाई कैद र सजाय भुक्तानीका लागि जिल्ला अदालत नवलपरासीमा पेस गरिएको छ ।

सवारी ज्यान, जालसाझी, कुटपिट, अंगभंग, चेक अनादार लगायत मुद्दाका फरार अभियुक्त हुन् । उनीहरुबाट १३ वर्ष १ महिना १९ दिन कैद भुक्तान र ५ लाख ९० हजार रुपैयाँ जरिवाना असुल भएको छ । गत आर्थिक वर्षमा प्रहरीले ५ सय ९ जना फरार अभियुक्त पक्राउ गरेको थियो ।

प्रकाशित : भाद्र ११, २०८१ १९:४६
x
×