कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०६

बबईको जलस्तर खतरा नजिक, सतर्क रहन आग्रह

भाद्र २८, २०८१
बबईको जलस्तर खतरा नजिक, सतर्क रहन आग्रह

बर्दिया — बबई नदी खतराको चिह्नमा नजिक बग्न थालेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

बुधबार रातिदेखि लगातारको वर्षाले बबई नदीको जलस्तर शुक्रबार बिहान ६ बजेसम्म ५ दशमलव २५ मिटरमाथि बगिरहेको छ ।

बबईमा ६ दशमलव ८० मिटर पुग्नासाथ गाउँबस्ती डुबानको जोखिम मानिन्छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बबई तटीय क्षेत्रका बासिन्दालाई बाढीबाट जोगिन सचेत गराइएको बताइन् । ‘पहाडी जिल्लालगायत बर्दियामा वर्षा नरोकिएकोले उच्च जोखिम रहेको छ,’उनले भनिन्,‘डुबानबाट हुन सक्ने सम्भावितलाई मध्यनजर राख्दै सबै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ ।,

यसैबीच कर्णाली नदीमा जलस्तर बढ्दै गएको छ । कर्णालीमा बिहान ६ बजेसम्म ८ मिटरमाथि पानी बगिरहेको छ । कर्णालीमा १० मिटरमाथि पानी बगे बाढीको जाखिम मानिन्छ । पहाडी क्षेत्रमा पानी परिरहेकोले कर्णालीमा जलस्तर बढ्ने जोखिमले तटीय क्षेत्रका बासिन्दालाई सचेत गराइएको छ । यसैबीच स्थानीय प्रशासनले नदीमा माछा मार्ने, दाउरा बटुल्ने काम नगर्न स्थानीवासीलाई सचेत गराएको छ ।

प्रकाशित : भाद्र २८, २०८१ ०६:५६
×