कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

जिप दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष बुढाको निधन

भाद्र २८, २०८१
जिप दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष बुढाको निधन

बागलङ — मध्यपहाडी लोकमार्गमा सरकारी जिप पल्टिँदा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको छ । घटनामा उनकै आमा ६१ वर्षीय गोपीमाया बुढाको निधन भएको हो । तीन जनाको मृत्यु भए पनि अन्य एक पुरुषको पहिचान खुलेको छैन ।

शुक्रबार बिहान पौने ९ बजे गलकोट नगरपालिका वडा नम्बर-२ को भुँखानीमा रा १ झ २०० नम्बरको पिकअप सडकदेखि ३ सय मिटर तल खसेको थियो ।

उक्त गाडी काठमाडौंदेखि रुकुम पूर्व जाँदै गरेको खुलेको छ । घटनास्थलबाट एकजनालाई जीवितै उद्धार गरिएको छ। घाइतेलाई धौलागिरि अस्पतालमा उपचारका लागि ल्याउने क्रम रहेको प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए ।

प्रकाशित : भाद्र २८, २०८१ १०:४०
×