कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०६

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

भाद्र २८, २०८१
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

Highlights

  • निजामती कर्मचारी सेवा ऐन संशोधन विधेयक पेस हुँदै, विपद् व्यवस्थापन विधेयक पारित हुने

देउखुरी — लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको ३१औं बैठक शुक्रबार (आज) ११ बजे बस्दै छ । बैठकमा प्रदेश निजामती सेवा ऐन–२०८० लाई संशोधन गर्न बनेको विधेयक पेस हुँदै छ । संशोधन विधेयक सोमबारको मन्त्रिपरिषद बैठकबाट पारित भएको थियो । विधेयक मुख्यमन्त्री चेतनारायण आचार्यले पेस गर्ने छन् । 

त्यस्तै बैठकमा प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक पनि पेस हुनेछ । यो विधेयक बुधबारको बैठकमा पेस भएर दफावार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाइएको थियो ।

समितिमा छलफल भएर आजको बैठकमा प्रतिवेदनसहित निर्णयार्थ पेस हुने समितिका सभापति दिलकुमारी बुढाले बताइन् । विपद् व्यवस्थापन समबन्धमा व्यवस्था गर्न बनेको विधेयक आजै पारित गर्ने सरकारको तयारी छ । बैठकमा मुख्यमन्त्री आचार्यले छलफलपछि निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।

बैठकमा प्रदेशसभाका सदस्यले विभिन्न समसामयीक विषयमा विशेष समयमा बोल्ने पनि सम्भावित कार्यसूची रहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले बताए ।

प्रकाशित : भाद्र २८, २०८१ ०९:०६
×