कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

रामग्राममा लागुऔषधसहित २ युवा पक्राउ

भाद्र ११, २०८१
रामग्राममा लागुऔषधसहित २ युवा पक्राउ

परासी — पश्चिम नवलपरासीको रामग्राम बाट प्रहरीले लागुऔषधसहित दुई जना युवालाई पक्राउ गरेको छ । रामग्राम नगरपालिका वडा नम्बर ४ मा  लु ४५ प ९०९८ नम्बरको मोटरसाईकल खानतलासी गर्दा लागु औषध फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी रेशम बोहोराका अनुसार पक्राउ पर्नेमा सुनवल नगरपालिका , ३ का ३८ वर्षका केशब श्रेष्ठ र प्रशान्त गुरुङ्ग रहेका छन् ।

उनीहरुको साथबाट नाईट्रोभेट ३० ट्याब्लेट, स्पास्मो १ सय ८० क्याप्सुल , ओनोरेक्स २ बोटल र मोटरसाईकल बरामद भएको हो । पक्राउ परेकालाई जिल्ला अदालत परासीमा मुद्दा दायर गरेर सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । साउन १ गते देखि भदौ ११ गते सम्म लागुऔषध सहित ११ जना व्यक्ति पक्राउ परेका छन् ।


प्रकाशित : भाद्र ११, २०८१ १८:२७
x
×