कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

चितुवाको बच्चाको उद्धार 

भाद्र ९, २०८१
चितुवाको बच्चाको उद्धार 

काठमाडौँ — डिभिजन वन कार्यालयले आरुघाट गाउँपालिका–७ बाट चितुवाको एउटा बच्चाको उद्धार गरेको छ । शनिबार स्थानीय मनबहादुर बरामको घरमा चितुवाको बच्चा पुगेपछि स्थानीयले डिभिजन वन कार्यालयलाई खबर गरेका थिए । 

उक्त चितुवाको बच्चाको उद्धार गरी आइतबार उपयुक्त बासस्थानमा छाडिएको डिभिजन वन कार्यालयका सुचना अधिकारी महेष पौडेलले बताए ।

‘हिजो मान्छेको घर गोठमा चितुवाको बच्चा पुग्यो भन्ने खबर पाएपछि उद्धार गरेर ल्याएका हौँ, लामो समयसम्म राख्न उपयुक्त नहुने देखेर आज नै उपयुक्त बासस्थानमा छाडेका छौँ,’ उनले भने । प्राकृतिक बासस्थानमा नै बच्चा छाडिएको उनले बताए ।


प्रकाशित : भाद्र ९, २०८१ २०:१३
x
×