कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

वाग्मतीमा मन्त्रालयको भागबन्डा पुनः परिवर्तन

सुवास विडारी

मकवानपुर — वाग्मतीमा प्रदेशमा मन्त्रालयको भागबन्डा पुनः परिवर्तन गरिएको छ । मंगलबार दिउँसो हेटौंडामा पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँसहित बसेको बैठकले मन्त्रालयको भागबन्डासहित आलोपालो सरकार नेतृत्व गर्ने विषय टुंग्याएको हो । 

वाग्मतीमा मन्त्रालयको भागबन्डा पुनः परिवर्तन

सहमतिअनुसार प्रदेशको सुरुआतमा नेपाली कांग्रेसका दलका नेता बहादुरसिंह लामा २० महिना र त्यसपछि नेकपा एमालेका दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्री बन्ने सहमति बनेको छ ।

सहमतिअनुसार एमालेले भौतिक पूर्वाधारसहित ६ मन्त्रालय र कांग्रेसले मुख्यमन्त्रीसहित ७ वटा लिने सहमति बनेको छ ।

कांग्रेसले मुख्यमन्त्रीसहित, आर्थिक मामिला तथा योजना मन्त्रालय , आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक, युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय , संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय लिने भएको छ ।

एमालेले भौतिकसहित खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय , कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय र स्वास्थ्य मन्त्रालय लिने सहमति बनेको हो ।

प्रकाशित : श्रावण ८, २०८१ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×