कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

मुख्यमन्त्री लामाको शपथ बुधबार

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)को पद तथा गोपनियताको शपथग्रहण बुधबार हुने भएको छ ।

मुख्यमन्त्री लामाको शपथ बुधबार

प्रदेश प्रमुखको कार्यालयका अनुसार लामाको शपथ बिहान ११:११ बजेका लागि तय गरिएको छ । लामालाई प्रदेश प्रमुख शर्माले मंगलबार साँझ प्रदेशको पाँचौं मुख्यमन्त्रीको रुपमा नियुक्त गरेका थिए । लामालाई संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । उनीसँगै मन्त्रीहरुको समेत शपथको तयारी प्रदेशसभा सचिवालयले गरेको छ ।

सत्ता साझेदार दल कांग्रेस र एमालेबीच मन्त्रालयको भागबन्डा मिलिसकेको छ । एमालेले नयाँ बन्ने मन्त्रीको सूची नै जिम्मेवारीसहित सार्वजनिक गरिसकेको छ । कांग्रेसभित्र भने मन्त्री छनौटको रस्साकस्सी जारी छ । कांग्रेसले बुधबार बिहानसम्ममा सबै टुंगिसक्ने जनाएको छ ।

प्रकाशित : श्रावण ८, २०८१ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×