कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

लागूऔषध मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

ज्योती श्रेष्ठ

काभ्रे — लागूऔषध मुद्दाका दुई जना फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पनौती नगरपालिका-१० का ५० वर्षीय सन्त तामाङ र पनौती नगरपालिका-१० कै ५० वर्षीया नानी तामाङ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । 

लागूऔषध मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

उनका अनुसार सन्त तामाङलाई लागूऔषध मुद्दामा जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७९ साउन ३१ गते ११ महिना २० दिन कैद सजायको फैसला गरेको थियो । त्यस्तै नानी तामाङलाई लागूऔषध मुद्दामा जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७९ असोज ४ गते ११ महिना २० दिन कैद सजायको फैसला गरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । उनका अनुसार अदालतको फैसलापछि दुई प्रतिवादीहरू फरार थिए । उनीहरुलाई प्रहरीले फागुन ११ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक पेस गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : फाल्गुन १२, २०८० १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×