कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

चितवनको खैरहनीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

रमेशकुमार पौडेल

चितवन — मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार बिहान चितवन खैरहनीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर १० का ३४ वर्षीय दिलिप चौधरी रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

चितवनको खैरहनीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

उनले चलाएको ना ४५ प ७७९८ नम्बरको मोटरसाइकल सुर्तनाबाट खैरहनी-१० कै कठार जाँदै गर्दा बाटोमा पल्टिएको थियो ।

मोटरसाइकल पल्टिएर चौधरीको खुट्टा च्यापिएको थियो । दुर्घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खैरहनी इलाका प्रहरी कार्यालयको टोली गएर घटनाबारे बुझेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी श्रीराम भण्डारीले बताए । दुर्घटनाका कारणका बारेमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।



प्रकाशित : फाल्गुन ११, २०८० ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×