कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मधेसका मुख्यमन्त्री सिंहले थपे दुई मन्त्री

अजित तिवारी

जनकपुर — आफ्नै दल जनमतका दुईजना मन्त्री थप्दै मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । 

मधेसका मुख्यमन्त्री सिंहले थपे दुई मन्त्री

जनमतको भागमा परेका दुई मन्त्रालयमा दुईजना मन्त्री उनले नियुक्त गरेका हुन् । सिरहा ४ (१) बाट निर्वाचित त्रिभुवन साह र सप्तरी १ (१) बाट निर्वाचित सकिल मियाँलाई मन्त्री नियुक्त गरिएको छ । साहलाई वन तथा वातावरणमन्त्री बनाइएको छ । बिनाविभागीय रहेकी रन्जु मण्डल खंगलाई उक्त मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

मियाँलाई बिनाविभागीय मन्त्रीमा नियुक्त गरिएको हो । उनलाई जनमतको भागमा पर्ने अर्को मन्त्रालयको जिम्मेवारी तोकिनेछ । नवनियुक्त दुवै मन्त्रीलाई प्रदेश प्रमुख सावित्री सुवेदी भण्डरीले शपथ गराएकी छन् ।

प्रकाशित : जेष्ठ २७, २०८१ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×