कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

प्रभु बैंकको भिजा बिजनेस कार्ड 

काठमाडौँ — प्रभु बैंकले भिजा बिजनेस कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले भिजा इन्टरनेसनल सँगको सहकार्यमा आयोजित एक कार्यक्रमका बीच ‘प्रभु बिजनेस डेबिट कार्ड’ सेवा आइतबारदेखि सञ्चालनमा ल्याएको हो ।

प्रभु बैंकको भिजा बिजनेस कार्ड 

बैंकले उक्त कार्ड व्यापारिक प्रयोजनका लागि मात्र भएको र बैंकमा चल्ती खाता खोली कारोबार गरिरहेका खाताधनीलाई लक्ष्य गर्दै यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

यो कार्डको माध्यमबाट बिजनेस हाउसहरूले यात्रा र मनोरञ्जनसँग सम्बन्धित आफ्नो खर्चलाई डिजिटलाइज गर्न सक्नेछन् । बिजनेस डेबिट कार्डबाट हवाई तथा बसको टिकट अनलाइनमार्फत ट्राभल एजेन्टहरूसँग खरिद गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : असार १७, २०८१ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×