कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

खड्कालाई स्वार्थ बाझिने मन्त्रालय

पाठक पत्र

कान्तिपुरमा मंगलबार प्रकाशित ‘स्वार्थ जोडिएका खड्कालाई ऊर्जाको साँचो’ समाचारले हाम्रा ठूला दलहरूको सुशासनको नारालाई गिज्याएको छ । के केपी शर्मा ओली र शेरबहादुर देउवाले समाचार पढ्दैनन्, जनचाहना बुझ्दैनन् ? लैनचौरस्थित स्काउटको जग्गा वर्षौंदेखि हडपेर बदनाम भएका सांसद दीपक खड्काबारे उनीहरूलाई थाहा थिएन ?

खड्काले स्काउटको जग्गाको भाडा नबुझाएको, जग्गा खाली गराउन प्रहरी नै खटाउनुपरेको समाचार केही समयअघि आएका थिए । उनै खड्का दुईवटा जलविद्युत् आयोजनाको संस्थापक अध्यक्ष पनि छन् । वनसम्बन्धी नियमविपरीत पाँचतारे होटल बनाइरहेको पनि शीर्ष नेताहरूलाई थाहा थिएन ? यस्तो विवादित पात्र र स्वार्थ बाझिएको सांसदलाई किन मन्त्री बनाइयो ? यसको जवाफ ओली र देउवाले जनतालाई दिनुपर्छ ।

१३ प्रतिशत जनसंख्या रहेको दलितलाई एउटा पनि मन्त्री पद नदिने अनि आधाभन्दा बढी जनसंख्या भएका महिलालाई ८ प्रतिशत मात्र हिस्सा दिने दलहरूले समावेशी नारा र सुशासनका विषयमा पनि जनतालाई जवाफ दिनुपर्छ । स्वार्थ बाझिएका, दाग लागेका विवादमा परेकाहरूलाई नभई स्वच्छ छविको नेता मात्र मन्त्री बनेको हेर्न आम जनताले चाहेका थिए । तर जनताको भावनाविपरीत केही मन्त्रीहरू ओली सरकारमा सामेल गरिएका छन् ।
– गोपाल देवकोटा, गोकर्णेश्वर, काठमाडौं

प्रकाशित : श्रावण २, २०८१ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा घुमाउरो तरिकाबाट सांसदको तजबिजमा खर्च गर्न पाउनेगरी बजेट बाँड्ने तयारीबारे तपाईंको राय के छ ?

×