कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

एसियन जुनियर बक्सिङमा नेपालका चार खेलाडी

भाद्र ११, २०८१
एसियन जुनियर बक्सिङमा नेपालका चार खेलाडी

काठमाडौँ — संयुक्त अरब युनाइटेडको अबुधाबीमा हुने एसियन जुनियर तथा स्कुल ब्वाइज एन्ड गर्ल्स बक्सिङ प्रतियोगितामा नेपालबाट चार खेलाडीले भाग लिने भएका छन् ।

एसियाली बक्सिङ कन्फेडेरेसनले आयोजना गर्ने प्रतियोगितामा अगस्ट २८ देखि सेप्टेम्बर १० सम्म हुने प्रतियोगितामा विभिन्न देशका १३ देखि १६ वर्ष उमेर समूहका ४ सय ५० भन्दा बढी खेलाडीले भाग लिनेछन् । नेपालबाट एसियन जुनियरमा भाग लिने खेलाडीको छनोट देशका १ सय ७५ खेलाडीबाट गरिएको नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेले जानकारी दिएका छन् ।

जुनियर ४६ केजी तौलमा चन्दन शाही, ६० केजीमा शेरप ग्याल्चेन शोर्पा, ८० केजीमा सर्यन वैद्य र ६१ केजी स्कुलतर्फ रोमस श्रेष्ठले प्रतिस्पर्धा गर्ने महासंघका महासचिव मान भण्डारीले बताए । प्रशिक्षकमा रमेशदास श्रेष्ठ र निर्णायकमा धनकुमार मैनाली पनि छन् । टोली मंगलबार राति दुबई जानेछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बिदाइ गर्दै उच्च प्रदर्शन गर्न भनेका छन् ।

प्रकाशित : भाद्र ११, २०८१ २०:३३
x
×