कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७६

भारतको उदाहरणीय काम

भाद्र १०, २०८१

तनहुँको आँबुखैरेनीमा बस दुर्घटनामा परेका आफ्ना नागरिकको शव भारत सरकारले चार्टर विमानबाट लगेको छ । यो हो सरकारको जनताप्रति दायित्व । यदि नेपाली जनता तीर्थयात्रा गर्न भारतमा गएर बस दुर्घटनामा परेको भए हाम्रो सरकारले यसरी नै उद्धार सहायता गर्थ्यो होला ? अहिलेको अवस्थामा नेपाल सरकार त छ, जनताका लागि छैन ।

नेपाली श्रम गर्न खाडी देश गएका छन् । उनीहरूले पठाएको रेमिट्यान्सले देशको आधा अर्थतन्त्र धानेको छ । ती गरिबका छोराछोरीको केही कारण विदेशमै मृत्यु भयो भने उनीहरूको शव ६ महिनासम्म नेपाल आउँदैन । यही हो नेपाल सरकारको दायित्व ? घटना भएको दुई दिनमा भारत सरकारले आफ्ना नागरिकको शव उसको देश लग्यो ।

भारतले गरेको राम्रो कामको अनुसरण गर्दा केही फरक पर्दैन । विरोधका लागि विरोध होइन, राम्रो काम जोबाट सिके पनि भयो । महँगी बढेका बेला भारत सरकारले जनतालाई राहत दिन्छ, खोइ नेपाल सरकारले जनतालाई राहत दिएको ? तन्त्रको परिवर्तनले मात्र केही हुँदैन, देशको शासन सत्ता चलाउनेको सोचमा परिवर्तन आउनुपर्ने रहेछ ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : भाद्र १०, २०८१ ११:०१
x
×