कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०६

महिला आन्दोलनका सामु 'बादशाह’ले घुँडा टेके, लुम्बिनीको मन्त्रीबाट राजीनामा शीर्षकको समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी :

भाद्र २७, २०८१

बादशाह कुर्मी मन्त्री बन्नुमा कुर्मीको गल्ती नभई भ्रष्ट, नालायक र बारम्बार असफल राजनीतिक दलकै ठूलो गल्ती र निन्दनीय कार्य हो । जनताको अभिमत र विश्वासघात गर्ने नालायक र भ्रष्ट राजनीतिक दल नसुध्रिएसम्म यस्ता अपराधी, दलाल, माफिया, गुन्डा, तस्कर र हत्याराहरूको राज चलिरहनेछ ।
– शमशेर गुर्मछाने

सोझा र इमानदार जति सबै विदेश जाने भए, यस्तै यस्ताले देशमा राज गर्ने भए ।
– श्रीराम पोखरेल

कति नाङ्गै हुँदा लाज लाग्छ होला यिनीहरूलाई ?
– आशा आचार्य

कांग्रेसमा क्रिमिनल केस भएका मात्र छन् कि के हो ?
– ढाका शर्मा
लाज त एमाले र कांग्रेसलाई हुनुपर्ने हो ।
– जय माबोहाङ

नेपाली जनताले नै पटकपटक भोट हाल्छन् यस्तैलाई । लाज त हामीलाई लाग्नुपर्ने होइन र ?
– स्काई नवीन

गगन थापा र विश्वप्रकाशहरू, पार्टीभित्र यस्ता अपराधीहरू च्यापेर कतिन्जेल नेपाली जनतालाई झुक्याएर राजनीति गर्छौं ?
– ठाकुर पौडेल

नमुना लोकतन्त्र । नमुना गणतन्त्र । अब होला त नयाँ आशा ? अपराधी बचाउने पार्टीलाई के भन्ने ?
– शरद थापा

कानुनअनुसार कारबाही होस्, पीडित पक्षलाई उचित न्याय मिलोस् ।
– अन्सु शेर्पा

प्रकाशित : भाद्र २७, २०८१ ०७:३१
×