कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०६

चक्रपथ बन्ने भो ?

भाद्र २७, २०८१

काठमाडौंको चक्रपथ बन थालेको १२ वर्षको सेरोफेरोमा आइपुगेको छ । कोटेश्वरदेखि बसुन्धरासम्म चक्रपथ बन्दै गर्दा एउटा पुस्ता नै सकिने अवस्थामा आइपुगेको छ । करिब २८–३० किलोमिटर सडक बन्दा एउटा पुस्ताको युवा अवस्था नै सकिन्छ भने हाम्रो विकासको मोडेल हामीले कस्तो बनाएछौं, आत्मालोचना कसले गर्ने ? मत दिने जनताले वा चुनाव जित्ने नेताले वा तिनीहरूबाट निर्माण भएको सरकारले ?

चीन सरकार तीव्र गतिमा संसारकै पहिलो शक्तिशाली राष्ट्र बन्ने दौडमा छ । उसका विकासका मोडेल संसारलाई नै चकित पार्ने किसिमका छन् । उसका उत्पादन संसारका सबै कुनामा पुगेका छन् । आफ्ना देशमा बनाएका सडक सञ्जाल संसारमा त्यो किसिमको भेटिँदैन । तर त्यही देशबाट आएका कम्पनी र प्रविधिलाई कोटेश्वरदेखि कलंकीसम्म आइपुग्न ६ वर्ष लागेको थियो । अब बसुन्धरा पुग्न कति समय लाग्छ, कसैले पनि भन्न सक्ने अवस्था छैन ।

तथापि सरकार भने ६ वर्षमा बनिसक्ने बताउँदै छ । किन चाइनिज कम्पनीहरू नेपालमा त्यो गतिमा काम गर्न सक्दैनन् ? कमजोरी कसको ? चाइनिज कम्पनी वा हाम्रो राज्यका संयन्त्रहरू हो ? छानबिन हुनुपर्छ । उसलाई काम गर्ने वातावरण हामीले अर्थात् हाम्रो सरकारले बनाइदिने हो । सर्तअनुसार उसले काम गर्ने हो, यदि होइन भने यसमा देखिएका दोषी जोसुकै हुन् कानुनको दायरामा ल्याउन जरुरी छ ।
– रामकृष्ण बराल, जोरपाटी, काठमाडौं

प्रकाशित : भाद्र २७, २०८१ ०७:३२
×