कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

ज्ञान कार्निभलमा चाँदबागको दोहोरो जित

भाद्र ११, २०८१
ज्ञान कार्निभलमा चाँदबागको दोहोरो जित

काठमाडौँ — द चाँदबाग स्कुलले ३० औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबलमा मंगलबार ब्वाइज र गर्ल्स दुवैतर्फ जित पाएको छ ।

ब्वाइजमा चाँदबागले रेडियन्ट पब्लिकलाई ३२–३० को साँघुरो अन्तरले पराजित गर्‍यो । विजेता सुशन न्यौपानेले १४ स्कोर जोडे । गर्ल्समा चाँदबागले पाठशाला बानेश्वरलाई २६–८ ले हरायो । सौर्य बाराकोटीले १४ स्कोर गरिन् । गर्ल्सतर्फ अर्को खेलमा एसएसएसभीएमले लिटिल एन्जल्सलाई २५–१५ ले हराउँदा विजेताकी नम्रताले २२ स्कोर बटुलिन् ।

ब्वाइजमा ओएसिसले पाठशाला बानेश्वरलाई ३९–२४, एलआरआईले मल्पीलाई ५२–३६ र जेम्सले आइडियल मोडेललाई ४८–७ ले हराए । ओएसिसका सफलले १९, एलआरआईका मन्दीप गुरागाईंले ३२ र जेम्सका नेल्सन श्रेष्ठले १५ स्कोर जोडे ।

प्रकाशित : भाद्र ११, २०८१ २०:३८
x
×