कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

ओमानका विदेशमन्त्री फर्किए

भाद्र ११, २०८१
ओमानका विदेशमन्त्री फर्किए

काठमाडौँ — ओमानका विदेशमन्त्री सैयद बद्र बिन हमाद बिन हमुद अलबुसइदी नेपालको दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी मंगलबार काठमाडौँबाट प्रस्थान गरेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले बिदाइ गरिन् । 

उनी परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणामा यही भदौ १० र ११ गते नेपाल भ्रमणका क्रममा सोमबार यहाँ आएका थिए । भ्रमणका दौरान विदेशमन्त्री अल्बुसइदीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए ।

त्यस्तै परराष्ट्रमन्त्री राणा र विदेशमन्त्री अलसइदीबीच आज द्विपक्षीय भेटवार्ता भएको थियो । उनीहरूबीच नेपाल र ओमानको द्विपक्षीय हित, सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

त्यसै वार्तामा हवाई कनेक्टिभिटी, श्रमसमबन्धी विषयहरू, लगानी, पर्यटन, कूटनीतिक आदानप्रदान एवं आवश्यक सबै प्रकारका सहयोग र समन्वयका विषयमा छलफल भएको थियो ।

प्रकाशित : भाद्र ११, २०८१ २०:१६
x
×