कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

दुर्घटनाको शृंखला

भाद्र ९, २०८१

पछिल्लो समय सडक दुर्घटना अत्यधिक बढिरहेको छ । कमजोर सडक, सडकका बारेमा सम्बन्धित निकायले सवारी चालकलाई जानकारी नदिनु, पुराना सवारीसाधन, चालकको लापरबाही वा पैदलयात्रीको लापरबाही यसका कारक हुन सक्छन् ।

नारायणगढ–मुग्लिन सडकअन्तर्गत त्रिशूली नदीमा हराइरहेका बस र यात्रु फेला नपर्दै तनहुँको आँबुखैरेनीमा अर्को दुखद् दुर्घटना भयो । यसले हाम्रो सडकको अवस्था मात्रै देखाउँदैन, आम नागरिकका लागि यात्रा कति असुरक्षित छ भनेर झस्काउँछ । सरकारले कम्तीमा प्रमुख सहरमा दुईपांग्रे सवारीलाई जतिसक्दो अलग लेनको व्यवस्थापन गर्नु जरुरी छ, गठ्ठाघर दुर्घटनाले यो पुष्टि गरेको छ । बढ्दो दुर्घटना नियन्त्रणमा ल्याउन ट्राफिक प्रहरीको जिम्मेवारी अझ महत्त्वपूर्ण छ । राजमार्गमा चल्ने सवारीसाधनको नियमित जाँच मात्र होइन एउटा चालकले हाम्रो जस्तो भूबनोटमा बनेका सडकमा दैनिक कति किलोमिटर चलाउन मिल्छ, यो मापदण्ड बनाउन जरुरी छ । सडकको गुणस्तरका विषयमा सम्बन्धित निकायले इमानदारी देखाउन अब ढिला गर्नु हुँदैन । अन्यथा निर्दोष आम नागरिकले अमूल्य जीवन गुमाइरहनुपर्नेछ ।

रामकृष्ण बराल, जोरपाटी, काठमाडौं

प्रकाशित : भाद्र ९, २०८१ ११:२८
x
×