कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

टर्कीको असफल ‘कू’ इतिहासको महत्त्वपूर्ण घटना : टर्कीका राजदूत सुनेल

काठमाडौँ — नेपालका लागि टर्कीका राजदूत फिरात सुनेलले टर्कीमा आठ वर्ष अघि भएको असफल ‘कू’ प्रयासलाई हालको इतिहासमा सबैभन्दा महत्वपूर्ण घटना भएको बताएका छन् । टर्कीमा सन् २०१६ को जुलाई १५ मा ‘कू’ गर्ने प्रयास भएको थियो ।

टर्कीको असफल ‘कू’ इतिहासको महत्त्वपूर्ण घटना : टर्कीका राजदूत सुनेल

सोही घटनाको आठौं वर्षगाँठ अहिले टर्कीले मनाएको छ । उक्त वर्षगाँठ मनाउने क्रममा राष्ट्रले आफ्नो हालको इतिहासमा सबैभन्दा महत्तत्वपूर्ण घटनाहरु मध्ये एकलाई प्रतिबिम्बित गरेको राजदूत सुनेलले प्रष्ट पारेका हुन् । राजदून सुनेलले भारत, नेपाल र भुटानका लागि टर्कीका राजदूत हुन् ।

उनले असफल विद्रोह एक महत्वपूर्ण क्षण रहेको र उक्त घटनाको तत्काल प्रभावको लागि मात्र नभई टर्कीको राजनीतिक, सामाजिक र आर्थिक परिदृश्यमा दिगो प्रभावको पनि पर्ने बताएका छन् ।

उनले घटनाको राती २५० भन्दा बढी मानिसको मृत्यु र २,००० भन्दा बढी घाइते भएको उल्लेख गरेका छन् । जुलाई १६ को बिहान टर्की सरकारले नियन्त्रण प्राप्त गरेको थियो र ‘कू’ प्रयास खारेज भएको थियो । प्रत्येक वर्ष जुलाई १५ को दिन टर्की मा लोकतन्त्र र राष्ट्रिय एकता दिवस को रूपमा मनाइन्छ । आफ्नो देशको लागि लडेका नायकहरूलाई सम्मान गर्न र टर्की राष्ट्रको सहज रुपमा मनाउन देशभर समारोह र कार्यक्रमहरू आयोजना गरिन्छ ।

प्रकाशित : असार ३१, २०८१ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×