कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

'सोसल वर्क सम्मेलन-२०२४' सम्पन्न 

काठमाडौँ — काठमाडौंस्थित थेम्स इन्टरनेशनल कलेजले दुई दिने नेपाल सोसल वर्क सम्मेलन-२०२४ को आयोजना गरेको छ । कलेजको प्रांगण पुरानो बानेश्वरमा  बिहीबार र शुक्रबार आयोजना गरिएको कार्यक्रममा विभिन्न विषयमा प्यानल छलफल, फोटो तथा कला प्रर्दशनी गरिएको थियो ।

'सोसल वर्क सम्मेलन-२०२४' सम्पन्न 


सो कार्यक्रमको उद्घाटन गदै कलेजका अध्यक्ष राजेन्द्रमान शेरचनले समाजका विभिन्न विषयका बारेमा विज्ञ र सरोकारवालालाई एकै ठाउँमा ल्याएर छलफल गर्ने उद्देश्यले विगत ८ वर्षदेखि कलेजले वार्षिक रुपमा सो कार्यक्रम गर्ने गरेको जानकारी दिए ।

कार्यक्रमको पहिलो दिन पत्रकार नारायण वाग्लेले 'पत्रकारितादेखि पर्माकल्चर'सम्म शीर्षकका प्लेनरी सेसनमा विशेष सम्बोधन गरेका थिए ।

उनले विशेषत माटो र वातावरणलाई जोगाउन आफूले पछिल्लो समय गरेको कृषि कार्यको बारेमा आफ्नो धारणा राखेका थिए । त्यसैगरी विद्यार्थीले नाटक मञ्चन गरेका थिए । पहिलो दिन नै 'ऐना झ्यालको पुतली' फिल्म प्रर्दशनको साथै त्यस विषयमा छलफल भएको थियो ।

दोस्रो दिन राजनीतिक विश्लेषक उज्वल प्रसाईले 'मसिहा खोज्ने कि सामूहिकता' शीर्षकमा विशेषत प्रस्तुति गर्नु भएको थियो । त्यसैदिन शैली चौधरीले आदिवासी पहिचानका विविध पक्षहरुबारे छलफल गरेकी थिइन । दोस्रो दिनको अन्तिम सत्रमा 'पहिचानको राजनीति र युवा' प्यानलमा इन्दु थारु, रिता शाह, जेवी विश्वकर्मा र पत्रकार कमलदेव भट्टराई सहभागी थिए । सो छलफलमा नेपालमा पहिचानको आन्दोलनको विभिन्न पाटोहरुको बारेमा छलफल भएको थियो ।

प्रकाशित : असार ७, २०८१ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×