कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

भारतद्वारा पद्मकन्या माविको छात्रावास निर्माण

काठमाडौँ — भारतले ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत काठमाडौंको डिल्लीबजारस्थित पद्मकन्या माध्यमिक विद्यालयको छात्रावास भवन निर्माण गरेको छ ।

भारतद्वारा पद्मकन्या माविको छात्रावास निर्माण

काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव अविनाशकुमार सिंह र जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले सोमबार भवनको उद्घाटन गरे ।

३ करोड २३ लाख रुपैयाँ लागतमा ३९ वटा कोठा भएको चारतले भवन निर्माण गरिएको हो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको थियो ।

सन् २००३ यता भारतले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ भने ४९० वटा परियोजना सम्पन्न गरेको भारतीय दूतावासले जनाएको छ ।

प्रकाशित : जेष्ठ १५, २०८१ ०६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×