कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

पुनः थाई एयरवेजको सेवा

काठमाडौँ — थाइल्यान्डको ध्वजावाहक एयरलाइन्स कम्पनी थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुनः सुरु गरेको आधिकारिक जानकारी दिएको छ । थाई एयरवेजले सन् १९६८ मा बैंककदेखि कोलकाता हुँदै काठमाडौंसम्मको उडानमार्फत नेपालमा आफ्नो वायु सेवा सुरु गरेको थियो ।

पुनः थाई एयरवेजको सेवा

यो लामो यात्रा कोभिड महामारीका कारण मार्च २०२२ मा रोकिएको थियो । थाई एयरवेजले सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसलाई नेपालका लागि जेनरल सेल्स एजेन्टका रूपमा नियुक्त गरेर सेवा फेरि सञ्चालन गरेको थियो । हाल थाई एयरवेजले नेपालमा एयरबस ३२० न्यारो बडी एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ ।

स्थानीय बजारको अवस्था राम्रोसँग बुझेको सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेज थाई एयरवेजका लागि उत्कृष्ट साझेदार बनेको छ । नेपालमा पुनः उडान सुरु भएको डेढ महिनाभित्रै राम्रो प्रतिक्रिया प्राप्त गरेपछि थाईञले १५ डिसेम्बर २०२३ मा दोस्रो दैनिक उडान सुरु गरेको थियो ।

प्रकाशित : जेष्ठ ११, २०८१ ०६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×