कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

सेरेसको नयाँ शोरुम बुटवलमा

काठमाडौँ — सेरेसले बुटवलको कालिका नगरमा थ्रि एस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) सहितको सोरुम सञ्चालनमा ल्याएको छ । नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले बुटवलमा डिलरशिपका लागि इ एम मोटर्ससँग साझेदारी गरेको हो ।

सेरेसको नयाँ शोरुम बुटवलमा

सोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा ग्राहकहरूलाई सेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमा काम गर्नेछ । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरी प्रसाद अर्याल, नाडा रुपन्देहीका अध्यक्ष गणेश भटराई, एमएडब्लू वृद्धि अटोकर्पका बिजनेस हेड प्रशन्न पन्त, इएम मोटसका डाईरेक्टर राजेश घिमीरेलगायतले सोरुमको उदघाटन गरे ।

रुपन्देहीमा विद्युतीय चारपाग्रे सवारी साधनको माग बढदै गएको भन्दै रुपन्देहीमा सेरेस गाडी लोकप्रिय हुने कम्पनीको दाबी छ । उद्घाटनको अवसरमा एक जना ग्राहकलाई इएम मोटर्सले सेरेस थ्रि इभी गाडी हस्तान्तरण गरेको छ । नेपालमा सेरेसले सेरेस ३ र सेरेस मिनी ईभी गरी दुईवटा मोडलहरू उपलब्ध गराएको छ । सेरेस ३ कम्फर्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ र सेरेस ३ प्रिमियमको मूल्य ५२ लाख ९९ हजा रुपैयाँ छ ।

सेरेस मिनी ईभी तीन भेरियन्टमा उपलब्ध छन् । लो ट्रिम १८० किमी बेस अप्सन, मिड ट्रिम १८० किमी फुल अप्सन, र टप ट्रिम २२० किमी फुल अप्सन छ, जसको मूल्य क्रमशः १३ लाख ९९ हजार रुपैयाँ, १६ लाख ४९ हजार रुपैयाँ र १७ लाख ९९ हजार रुपैयाँ छ ।

प्रकाशित : फाल्गुन १३, २०८० २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×