कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

रिलायन्स एकेडेमीकी शेर्पा बनिन् 'कोलगेट नेपाल स्पेल बी'को मुख्य विजेता

काठमाडौँ — रिलायन्स इन्टरनेसनल एकेडेमीकी छिरिङ केसाङ शेर्पा 'कोलगेट नेपाल स्पेल बी'को पाँचौ संस्करणको मुख्य विजेता बनेकी छन् ।

रिलायन्स एकेडेमीकी शेर्पा बनिन् 'कोलगेट नेपाल स्पेल बी'को मुख्य विजेता

कार्यक्रममा देशभरबाट २ हजार ९ कलेजका झण्डै ९ लाख विद्यार्थी सहभागी थिए। जसमध्ये काठमाडौँको चावहिलमा रहेको रिलायन्स इन्टरनेसनल एकेडेमीका शेर्पा विजेता बनेका हुन्।

त्यस्तै दाङको गोरखा इन्टरनेसनल माध्यामिक विद्यालयका उत्सव घिमिरे फस्ट रनर अप बनेका छन् भने क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर काठमाडौँका रेसम सेकेन्ड रनर अप बनेका छन् ।

अंग्रेजी शब्दको स्पेलिङ उच्चारणसम्बन्धी यो कार्यक्रम माध्यमिक तहका विद्यार्थीको शब्दभण्डार बढाउन गरिएको थियो ।

विजेताले ३ लाख रुपैयाँ, फस्ट रनर अपले २ लाख रुपैयाँ तथा सेकेण्ड रनर अपले १ लाख रुपैयाँ र स्नातकसम्म स्कलरसिपमा उनीहरुले रोजेको विषय पढ्न पाउने छन्।

कार्यक्रम हरेक बुधबार बेलुका ९ बजेदेखि १० बजेसम्म कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने गरेको थियो।

कार्यक्रमा माध्यमिक तहका विद्यार्थीहरू सहभागी थिए।कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई नेपालभरका विभिन्न ३५ सहरबाट अडिशनमार्फत छनौट गरिएको हो।

आयोजक महेश पोखरेलका अनुसार सरकारी र निजी विद्यालय दुवैबाट विद्यार्थीहरू सहभागी भएका थिए। कार्यक्रमको मुख्य प्रायोजक कोलगेट नेपाल रहेको र अडिसनकै क्रममा ८० हजार भन्दा बढिलाई डेन्टल चेकअप गराएको आयोजकले बताएको छ।

नेपाल स्पेल बी राष्ट्रिय स्तरमा सञ्चालन भएको पहिलो स्पेलिङ प्रतियोगिता हो । अबको पुस्तालाई अंग्रेजी भाषा अत्यावश्यक भइसकेकाले यस कार्यक्रमले अंग्रेजी शब्द, वाक्य र भाषामा निखारता ल्याउने र शब्द भण्डार बढाउने लक्ष्य कार्यक्रमको रहेको निर्माण पक्षले जानकारी दिएको छ ।

प्रकाशित : श्रावण ७, २०८१ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×