कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

नेकपा एसको विद्यार्थी संगठन अखिलले शैक्षिक गोष्ठी गर्दै 

काठमाडौँ — नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले विद्यार्थी दिवसको अवसरमा दुई दिने शैक्षिक गोष्ठी गर्ने भएको छ ।  त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा 'आजको पुँजीवाद, शिक्षा प्रणाली र विद्यार्थी आन्दोलन' विषयक गोष्ठी मंगलबार र बुधबार दुईदिन चल्नेछ ।

नेकपा एसको विद्यार्थी संगठन अखिलले शैक्षिक गोष्ठी गर्दै 


आफ्नो आन्दोलनको इतिहासको स्मृतिमा दिवस मनाउन लागिएको भए पनि अनेरास्ववियूले नेपालको विद्यमान शैक्षिक प्रणालीका विविध आयामहरुमाथि गम्भीर बहस गर्न लागेको हो । अनेरास्ववियूकी अध्यक्ष आरती लामाका अनुसार गोष्ठीमा विद्यार्थी आन्दोलनको विगतको सिकाइ र आजको तयारीबारे समेत गहिरो विमर्श हुनेछ ।

शैक्षिक गोष्ठीमा नेपालको शिक्षा प्रणालीमा विश्व पूँजीवादको प्रभाव, समाजवादी शिक्षा, शिक्षण विधिको राजनीति र विचारको लडाइँ, विश्वविद्यालय जीवनमा नवउदारवादको प्रभाव तथा समाजवादी शिक्षाको आगामी बाटो जस्ता विषयहरुमा छलफल हुनेछ ।


प्रकाशित : वैशाख ३१, २०८१ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×