हेटौंडा — नेपाल स्वयंसेवी रक्तदाता समाज हेटौंडा नगर समिति गठन गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा- १० स्थित लिडोइन होटलको सभाकक्षमा मंगलबार आयोजित भेलाले पूर्णप्रसाद अर्यालको अध्यक्षतामा ९ सदस्यीय हेटौंडा नगर समिति गठन भएको हो । समिति उपाध्यक्ष सानुकाजी पाण्डे, सचिव राजेश वाग्ले, कोषाध्यक्ष सानुकाजी बास्ताकोटी चयन भएका छन् ।
सदस्यहरुमा विज्ञान रिमाल, राजकुमार अर्याल, दिपकराज मिश्र, दिनेश फुयाल र जागृत सुवेदी निर्विरोध चयन भएका छन् ।
नेपाल स्वयंसेवी रक्तदाता समाज मकवानपुर जिल्ला शाखा अध्यक्ष सुरेन्द्रमान प्रधानको सभापतित्वमा भएको भेलामा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।
नवगठित पदाधिकारीहरुलाई मकवानपुर शाखा अध्यक्ष प्रधानले शपथग्रहण गराएका थिए ।
प्रकाशित : माघ २४, २०८० २३:०८