दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किइरहेकी विद्यार्थीमाथि गोली प्रहार
झापाको दमकमा गोली प्रहारबाट एक विद्यार्थी घाइते भएकी छिन्। शुक्रबार दिउँसो साढे १२ बजेतिर सिरहा घर भएका ३० वर्षीय अमितकुमार साहले एक छात्रामाथि गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।