कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

महाकालीमा हाम फालेर महिला बेपत्ता

मनोज बडू

दार्चुला — दार्चुला सदरमुकाम खलंगास्थित रिङनेताल नजिकबाट महाकाली नदीमा हाम फालेकी एक महिला बेपत्ता भएकी छिन् ।

महाकालीमा हाम फालेर महिला बेपत्ता

शनिबार साँझ करिब ६:२० बजेतिर महाकाली नगरपालिका १ की २५ वर्षीया धनिषा कुँवर नदीमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरि कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए । उनका अनुसार हाम फालेका महिलाको खोजी कार्य भइरहेको छ । ती महिलाको पहिचानसमेत खुलेको छैन ।

महाकालीमा पानी धमिलो भएकाले खोजीकार्यमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ । नदी किनारमा अहिले सुरक्षाकर्मीहरुले बेपत्ता महिलाको खोजीकार्य गरिरहेको बताएका छन् ।


प्रकाशित : श्रावण १२, २०८१ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×