कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

करेन्ट लागेर वृद्धको मृत्यु

विप्लव महर्जन

सल्यान — सल्यानमा शुक्रबार बेलुकी करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ । 

जिल्लाको बाग्चौर नगरपालिका ३ सोताघारका अन्दाजी ७० वर्षका मोहनलाल वलीको करेन्ट लागेर मृत्यु भएको हो ।

घर नजिकैको खेतमा धानमा सिँचाईका लागि खोलाबाट पानी तान्न मोटर जोड्ने क्रममा वलीलाई करेन्ट लागेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताए ।

ईप्रका थामारेको प्रहरी निरीक्षक नविन थापा सहितको टोली घटनास्थल पुगेको र मुचुल्का उठाउने काम भैरहेको उनले जानकारी गराए । मुचुल्का उठाइसकेपछि वलीको शवलाई पोस्टमार्टमका लागि जिलला अस्पताल सल्यान ल्याइने उनले बताए ।

प्रकाशित : श्रावण ११, २०८१ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×